पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रतिकारात्मक तस्बिर
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जका महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुर स्रोतले जानकारी दिएको छ ।
साउन १७ गते पाटन अस्पतालमा भर्ना भएका संक्रमितको आइसीयूमा उपचाररत अवस्थामा हिजो दिउँसो ३ः३० बजे मृत्यु भएको स्रोतले जानकारी दिएको छ । सुगर र प्रेसरको समस्या देखिएका उनमा श्वासप–प्रश्वासको समस्या देखिएपछि पाटन अस्पताल ल्याइएको थियो ।
उनको हिजो राति नै पशुपतिको विद्युतीय शव दाहनगृहमा अन्त्यष्टि गरिएको स्रोतले जानकारी दिएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा मृतककी ५५ वर्षीया दिदीमा पनि कोरोना संक्रमण देखिएको र उनको अवस्था भने सामान्य रहेको ललतिपुर स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत