कोरोनाका बीच जात्रा तथा चाडपर्वहरु मनाउँन सुरक्षा मापदण्ड जारी

काठमाडौं । चाडपर्व, जात्रा तथा उत्सवहरु नजिकिँदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका सुरक्षासम्बन्धी मापदण्ड जारी गरेको छ । मन्त्रालयले बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखि यस मापदण्ड जारी गरेको हो ।
मापदण्ड अनुसार अत्यावश्यक र अनिवार्य सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने, यदि भेटघाट गर्नैपर्ने भएमा कम्तिमा २ मिटर (६ –फीट) को दूरी अनिवार्यरूपमा कायम गर्ने, चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने, यदि जानै पर्ने भएमा सहभागी हुँदा मास्क (सर्जिकल वा ३ तहको कपडा) को मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्ने, धार्मिक स्थलमा हुने हरेक भेलामार कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने, अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने, तर अंगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने, सतहहरू (रेलिङ, बार आदि, देवीदेवताका मूर्तिहरू र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउने सक्ने सामग्रीहरू नछुन, अनुहारको टी क्षेत्र ( आँखा, नाक र मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुन मन्त्रालयले अपिल गरेको छ । हेरौ मापदण्ड :



तपाईँको अभिमत