काठमाडौं उपत्यकामा ८७ सहित थप ३६० लाई कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकाका ८७ सहित ३६० जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौं ७६ र ललितपुरका १० र भक्तपुरका १ जनालाई कोरोना पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको सख्या २१ हजार ७५० पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।
यस्तै २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ३८९ जना निको भएका छन् । हाल क्वारेन्टिनमा ९ हजार ४७० जना बसिरहेका छन् । यसैबीच थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत