प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरोना
अ +
अ -
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । प्रचण्ड सचिवालय स्रोतका अनुसार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएकाहरु गेटमा खटिएका सुरक्षाकर्मीहरु रहेको स्रोतले जानकारी दिएको छ । । कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत