ट्रम्पलाई कारबाही : फेसबुकले हटायो पोस्ट, ट्वीटरले रोक्यो अकाउन्ट
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नीति उल्लंघन गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले कारबाही गरेका छन् । कारबाही स्वरूप बुधबार फेसबुकले ‘झुठो दाबी गरेको भिडियो’ पोस्ट हटाइदिएको छ भने ट्वीटरले उनको अकाउन्ट ‘फ्रिज’ गरिदिएको छ ।
‘ट्रम्प क्याम्पेन’ले बुधबार राष्ट्रपति ट्रम्पले फक्स न्यूजलाई दिएको अन्तरवार्ताको भिडियो क्लिप उनको फेसबुक पेजमा राखेको थियो । सोही भिडियो ट्वीटरमा समेत सेयर गरेको थियो । उनले उक्त अन्तरवार्ता बुधबार बिहान फक्स न्यूज दिएका थिए ।
भिडियोले फेसबुकको नीति उल्लंघन गरेकाले उक्त भिडियो हटाउनु परेको फेसबुकका प्रवक्ता एन्डी स्टोनले बताउनुभयो । ‘यो भिडियोमा कोभिड–१९ बाट मानिसको एक समूह प्रतिरक्षा गर्छ भन्ने झुठो विवरण प्रस्तुत भएको छ’, उहाँले भन्नुभयो, ‘जसले हाम्रो नीतिको उल्लंघन भएको छ ।’
स्टोनले विशेषगरी ट्रम्पको बालबालिकासँग कोरोना भाइरसँग लड्ने प्रतिरक्षा प्रणाली हुने दाबी झुठो भएको जसले फेसबुकको नीति तोडेको बताउनु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत