कोरोना संक्रमणबाट मोरङमा दुई जनाको मृत्यु
अ +
अ -
काठमाडौं । मोरङमा आज दुई जना कोरोना संक्रमितका मृत्यु भएको छ । विराटनगरको कोशी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश १ स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोशी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ बजे मृत्यु भएको हो। उनलाई हिजो राति अस्पताल ल्याइएको थियो।
त्यसैगरी मोरङकै रंगेली नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ। स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोशी अस्पताल ल्याउने वित्तिकै मृत्यु भएको थियो । आजै दिउँसो आएको स्वाबकाे रिपोर्टमा उहाँमा कोरोना संक्रमण देखियो ।
हेल्थपाटी
तपाईँको अभिमत