चीनमा फेरि कोरोना भाइरस संक्रमितकाे संख्या बढ्दै
अ +
अ -
बेइजिङ । चीनमा कोरोना भाइरस रोग (कोभिड–१९) का संक्रमित फेरि भेटिन थालेका छन् । मंगलबार मात्र थप २७ नयाँ संक्रमित भेटिएका हुन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार संक्रमितमध्ये ५ संक्रमित अन्य देशबाट आएका हुन् । बाँकी सबै २२ जना सिन्जियाङ प्रान्तका रहेका छन् ।
यसैबीच कोभिड–१९ का कारण कुनै पनि मृत्यु नभएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै १७ बिरामी भने निको भएर डिस्चार्ज भएका छन् । यससँगै चीनमा मंगलबारसम्म ८४ हजार ४९१ संक्रमितमध्ये ७९ हजार ४७ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै ४ हजार ६३४ ले भने ज्यान गुमाएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत