कोरोना उपचारमा खटिएकी नर्सलाई पनि संक्रमण
बागलुङ । कोरोना संक्रमितको उपचारका गर्न आइसोलेसनमा खटिएकी नर्सलाई पनि कोरोना संक्रमण देखिएको छ । बागलुङस्थित धौलागिरी अस्पतालकी नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । धौलागिरी अस्पताल अन्तर्गत सञ्चालित धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा खटिएका २५ वर्षीया नर्समा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएपछि धौलागिरी अस्पतालका ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोख्रेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रिआइसोलेसनमा दुई नर्स खटाइएकोमा एक जनामा सामान्य ज्वरो र रुघा देखिएकाले स्वाब संकलन गरी परीक्षण गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित नर्सलाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखी सम्पर्कमा आएकाको स्वाब संकलन सुरु गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

हेल्थपाटी
तपाईँको अभिमत