सर्पदंशका बिरामीको संख्या बढ्याे, अस्पतालमा छैन औषधि
रुकुम । रुकुम पश्चिममा सर्पदंशको घटना बढेको छ । तर अस्पतालमा उपचारका लागि औषधि छैन । चौरजहारी नगरपालिकामा रहेको सामुदायिक अस्पतालमा सर्पले डसेका बिरामीको उपचारका लागि एन्टीस्नेक भेनम औषधिको अभाव भएको छ । औषधिको अभाव भएपछि सर्पले डसेका बिरामीलाई नेपालगञ्ज लगायतका अस्पतालहरुमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ ।
रुकुमको माथिल्लो भागमा विषालु सर्प नभए पनि भौगोलिक बनावटको हिसावले तराई भूभागको रुपमा अवस्थित पश्चिम रुकुममा भने विषालु सर्प पाईने गरेको छ । यस क्षेत्रमा सर्प किंग कोब्रा, गोमण,सानो कालो करेत, लक्ष्मी सर्प, बैरी करेत, हिमाली करेत, कर्कट सर्प, सेतो कालो चरे सर्प, छिर्बिरे सर्प र हरियो सर्प पाइने गरेको बताइएको छ ।
यसैबीच अस्पतालमा रेबिज खोपको अभाव छ । रेबिज खोप नभएपछि छिमेकी जिल्ला जाजरकोट र नेपालगञ्ज रेफर गरिरहनु परेको छ ।
गोपाल रेग्मी
तपाईँको अभिमत