काठमाडौं भित्रने नाकामा संकलित नमुना मध्ये ४० जनालाई कोरोना
अ +
अ -
काठमाडौं । काठमाडौं छिर्ने मुख्य तीन नाकामा संकलित स्वाबमध्ये ४० जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको छ । नागढुंगा, फर्पिङ र साँगामा गरि १० हजार ८५३ संकलित नमुनामध्ये ४० जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार नागढुंगामा संकलित ६ हजार ६४ नमुनामध्ये १६, फर्पिङमा लिइएको १ हजार ३०७ नमुनामध्ये ११ र साँगामा संकलन गरिएको ३ हजार ४८२ स्वाबमध्ये १३ जना गरि नाकामा ४० जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको अवस्था बुझ्न नाकामा स्वाब संकलन गरेको थियो ।
तपाईँको अभिमत