कोरोनाबाट ज्यान गुमाउने ५९ पुगे, विराटनगरमा एकको मृत्यु
अ +
अ -
विराटनगर । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत ७७ वर्षीय वृद्धको आज दिउँसो ३ तिर मृत्यु भएको कोशी अस्पतालले जानकारी दिएको छ ।
विराटनगर महानगरपालिका–५ का स्थानीय वृद्धलाई आजै बिहान मात्रै अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएका उनको अस्पताल भर्ना हुनेबित्तिकै स्वाब संकलन गरि प्रयोशलामामा पठाइएकोमा केहीबेरअघि मात्रै रिपोर्ट आउँदा पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
रिपोर्ट आउँदा वृद्धको मृत्यु भइसकेको थियो । यो सँगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत