बालबालिका र वृद्धवृद्धा घर बाहिर ननिस्कनु : स्वास्थ्य मन्त्रालय
काठमाडौं । लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण दर पनि बढेको छ । कोरोना भाइरस नवजात शिशुदेखि बालबालिका तथा वृद्धवृद्धालाई समेत देखिन थालेको छ । नेपालमा मात्र कोरोनाको कारण ५७ जनाको मृत्यु भइसकेको छ । काठमाडौं उपत्यकामा दिनहुँ संक्रमितहरु बढ्न थालेका छन् । कोरोनाबाट व्यापारी, डाक्टर,नर्स, स्वास्थ्यकर्मी, कलाकर्मी,सांसद, मन्त्री, प्रहरी कोही पनि अछुतो रहन सकेका छैनन् ।
स्थानीय संक्रमण बढ्न थालेपछि सरकारले १२ वर्षभन्दा कम उमेर र ६० वर्षभन्दा बढी उमेरका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह समेत गरिसकेको छ । सरकारको यहि आग्रहले पनि प्रष्ट हुन्छ कि अब कोरोना जटिल मोडमा जाँदैछ । काठमाडौ उपत्यका लगायतका सबै मुख्य शहरमा कोरोना फैलने सम्भावना पनि त्यत्तिकै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा ६० वर्ष माथिका बृद्धबृद्धा र १२ वर्ष मुनिका बालबालिकाहरुलाई घरबाट निस्कन नदिन अनुरोध गर्नुभयो । उहाँले मुख्य भिडभाड हुने स्थानमा कोरोना फैलन सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गर्नुभयो ।
डा. गौतमले कोरोना संक्रमणको जोखिम बढेको काठमाडौँ सहित बढी संक्रमण देखिएका र जनघनत्व भएका क्षेत्रहरुमा बालबालिका र बृद्धबृद्धालाई घरबाट निस्कन नदिन अनुरोध गर्नुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत