महानायक अमिताभ बच्चनले जिते काेराेना , २२ दिनपछि डिस्चार्ज
अ +
अ -
मुम्बई । कोरोना भाइरस रोग (कोभिड - १९) बाट बिरामी पर्नुभएका महानायक अमिताभ बच्चन २२ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । बच्च्नका छोरा अभिषकले ट्वीट मार्फत आफ्ना बाबुको रिपोर्ट नेगेटिभ आएको र अस्पतालबाटा डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको छ ।
बाबुले घरमा नै आराम गर्ने र आफु भने अझै केही समय अस्पतालमा नै बस्नुपर्ने अभिषेकले ट्वीटमा लेख्नुभएको छ । उहाँले सबै शुभेच्छुकहरुलाई आभार व्यक्त गर्नुभएको छ । यसअघि ऐश्वर्या राय र छोरी आरोध्या कोरोना जितेर घर गइसक्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत