काठमाडौं उपत्यकाका ३१ सहित थप २४६ लाई कोरोना, एक जनाको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३१ सहित देशभर २४६ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका २२ ललितपुरका ८ र भक्तपुरका १ सहित देशभर २४६ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । १११ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । सक्रीय कोरोना संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।
यसैगरी आज थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याे सँगै काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या ५७ पुगेकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत