हिजो मृत्यु भएकी महिलामा कोरोना पुष्टि

फाइल फोटो
पर्सा । पर्साको वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचारत अवस्थामा हिजो मृत्यु भएकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । साउन १५ गते बयोधा अस्पतालको आइसियुमा भर्ना वीरगन्ज महानगरपालिका–१६ नगवाकी ५० वर्षीया महिलाको भएकी ती महिलाको उपचारका क्रममा हिजो बिहान १० बजे मृत्यु भएको थियो ।
निमोनीयाको समस्या भएपछि साउन १५ गते बयोधा अस्पतालको आइसियुमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा शुक्रबार बिहान १० बजे मृत्यु भएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति आएको रिपोर्टमा कोरोना संक्रमण रहेको पुष्टि भएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृतक महिलामा निमोनियाको समस्या देखिएको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत