कोरोनाको असर दशकौँसम्म रहन्छ : विश्व स्वास्थ्य संगठन
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व महामारी कोरोना भाइरस रोग ९कोभिड–१९० को असर दशकौँसम्म रहने बताएको छ । शुक्रबार डब्लूएचओका प्रमुख अधानोम टेड्रोसले यस्तो बताउनु भएको हो। ‘महामारी एक शताब्दीमा एकपटक हुने स्वास्थ्य संकट हो’, प्रमुख टेडरोसले भन्नुभयो, ‘यसको असर दशकौँसम्म महसुस हुनेछ ।’
यसैगरी उहाँले भाइरसले थुप्रै प्रश्नहरू उब्जाएको र ती अनुत्तरित रहेको पनि बताउनुभयो। कतिपय देशहरूमा महामारी भर्खरै फैलिन थालेको बताउनुभयो । ‘केही देशहरू सुरुवातमा कम प्रभावित भएका थिए’, उहाँले भन्नुभयो, ‘अहिले ती देशहरूमा कयौँ नयाँ संक्रमण र मृत्यु भइरहेको देखिएको छ ।
’गत वर्षको डिसेम्बरबाट फैलिएको कोरोनाबाट हालसम्म विश्वभर १ करोड ७७ लाख ५८ हजार बराबर संक्रमित भइसकेका छन् । जसमध्ये ६ लाख ८३ हजारले ज्यान गुमाइसकेका छन् । १ करोड ११ लाख ६० हजार निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत