डाक्टर-नर्स, प्रयोगशालाकर्मीसहित २०१ स्वास्थ्यकर्मीलाई कोरोना
अ +
अ -
काठमाडौं । देशभर डाक्टर, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीसहित अग्र स्थानमा रही कोरोना उपचारमा खटिएका २०१ जनालाई कोरोना भाइरस रोग(कोभिड–१९) पुष्टि भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा महामारी सुरु भएयता आजसम्म २०१ जनालाई कोरोना संक्रमण भएको छ ।
महाशाखाको तथ्यांक अनुसार नर्स, पारामेडिक्स तथा स्वीपर, एम्बुलेन्स चालकलाई धेरै संक्रमण भएको छ । हालसम्म ३४ डाक्टर, ४४ पारामेडिक्स, ४० नर्स, प्रयोगशालाकर्मी २१ र कोरोना उपचारमा प्रत्यक्ष सहभागी भएका अन्य ६२ जनामा कोरोना पुष्टि भएको छ । अन्य व्यक्तिमा स्विपर, एम्बुलेन्स चालक तथा सहयोगीहरु पर्दछन् ।
तपाईँको अभिमत