मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा.जोशी
अ +
अ -
हेटौडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. विश्वराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो । यसअघि जोशी वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार र युरोलोजी विभागका प्रमुख हुनुहुन्थ्यो ।
हेल्थपाटी
तपाईँको अभिमत