२४ घण्टामा देशभर थप २१० जनालाई कोरोना, १४६ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१० जनालाई कोरोना भाइरस रोग(कोभिड - १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौंका १४ र भक्तपुरका १ गरि देशभर २१० जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभर ५ हजार २०३ जना सक्रिय संक्रमित रहेका छन् ।
आज २१० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । यसैगरी प्रवक्ता गौतमका अनुसार लकडाउन खुलेपछि साउन ७ देखि १४ गतेसम्म ३४ हजार १०९ नमुना परीक्षण भएकोमा १ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै असार ३० देखि साउन ६ गतेसम्म ३४ हजार ४५७ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ४९ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १४ हजार २१ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत