कोरोना विरुद्धकाे खोपकाे सबैभन्दा ठुलो परीक्षण, ३० हजार युवा सहभागी

प्रतिकारात्मक तस्बिर
काठमाडाैं । कोरोना भाइरस विरुद्ध खोपको विकास गर्ने क्रम चलिरहेका बेला विश्वकै सबैभन्दा ठुलो मानव परीक्षण अमेरिकामा सुरु भएको छ । यस परीक्षण ३० हजार युवालाई गराइनेछ । नेशनल इन्स्च्यिूट अफ हेल्थ एण्ड मोर्डनाले मानव परीक्षण सोमबारबाट सुरु भएको र स्वास्प्रस्वासमा समस्या नभएका ३० हजार युवालाई खोप प्रयोग गरिने जानकारी दिएको छ ।
कोभ नाम दिइएको यस परीक्षण अमेरिकी सरकार अन्तर्गत भएको पहिलो परीक्षण हो । चीन, बेलायतमा पनि खोपको अन्तिम परीक्षण भइरहेको छ । विश्वमा कोरोना विरुद्धको खोपको खोजीको प्रयास भइरहेको छ र केही खोपको अन्तिम परीक्षण हुन बाँकी छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ६ लाख ४० हजारको मृत्यु भइसकेको छ भने १ करोड ६० लाख मानिसलाई संक्रमण पुष्टि भएको छ र पछिल्लो डेढ महिनामा संक्रमणको केस दोब्बरले बढेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत