भियतनाममा ३ महिनापछि पुनः कोरोना संक्रमण
करिव ८० हजार पर्यटकलाई देश छाड्न निर्देशन

मुख्य शहर दानाङमा नयाँ केस भेटीएपछि सो क्षेत्रका बासिन्दाको तापक्रम नाप्दै स्वास्थ्यकर्मी
काठमाडौं । भियतनाममा ३ महिनापछि कोरोना भाइरस रोग(कोभिड - १९)को नयाँ बिरामी भेटिएको छ । अप्रिलयता नयाँ संक्रमित नदेखिएको भियतनाममा सोमबार स्थानीय ४ जनालाई कोरोना पुष्टि भएपछि संक्रमण नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ ।
कोरोना नियन्त्रणमा भियतनामले सफलता पाएको भनी विश्वभर चर्चा भएको थियो तर करिव १०० दिनपछि फेरि संक्रमण देखिएपछि विदेशी पर्यटकहरुलाई ४ दिनभित्र आफ्नो देश छाड्न निर्देशन दिएको छ । भियतनाममा ४१६ जनामा कोरोना पुष्टि हुँदा कोरोना नियन्त्रणमा आएको थियो र एकजनाको पनि मृत्यु भएको थिएन । कुल संक्रमित संख्या ४२० पुग्दा निको हुनेको संख्या ३६५ रहेको छ ।
सोमबार देखिएका ४ संक्रमितमध्ये एकको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ५७ वर्षका ती संक्रमितको ट्राभलहिस्ट्री नरहेको अधिकारीहरुले बताएका छन् । भियतनाम सरकारको पछिल्लो निर्णयअनुसार दानाङमा रहेका करिव ८० हजार पर्यटक ४ दिनभित्र आफ्नो देश फर्कनुपर्नेछ । एजेन्सी
हेल्थपाटी 
तपाईँको अभिमत