दैनिक १८ हजार बढीको पीसीआर परीक्षण गर्न सकिनेछ : स्वास्थ्य मन्त्रालय

प्रतिकारात्मक तस्बिर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दैनिक १८ हजार बढी व्यक्तिको पीसीआर परीक्षण गर्न सकिने अवस्थामा आइपुगेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर सञ्चालित प्रयोगशालाबाट निकट भविष्यमा दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार अहिले देशभर सञ्चालित प्रयोगशालाको दैनिक पीसीआर परीक्षण क्षमता ६ हजार ३६० रहेकोमा ११ वटा एक्स्ट्रयाक्सन मेशिन जडानपछि ८ हजार ८ सय थप हुने र निजी अस्पतालबाट ३ हजारको परीक्षण गर्न सक्ने क्षमतामा मन्त्रालय रहेको छ । गौतमले आवश्यकता हेरेर पीसीआर परीक्षण गरिने बताउनुभयो । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेकाले उच्च सतर्कता अपनाउन उहाँले सबैलाई अपिल गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत