उत्तर कोरियामा कोरोना त्रास : आपतकाल घोषणा
प्योङयाङ । उत्तर कोरियाले आफ्नो देशमा कोरोनाको लक्षण देखिएका एक जना बिरामी देखेपछि सीमा क्षेत्रमा आपतकाल घोषणा गर्दै लकडाउन गरेको छ । कोरोनाको शंकास्पद बिरामी भेटिएपछि सर्वाेच्च नेता किम जोङले आपत्कालिन पोलिट ब्यूरो बैठक डाँकेर संक्रमण रोकथामका लागि अधिक उपाय अपनाउन निर्देशन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि उत्तर कोरियामा ६ महिनाअघि संक्रमण नियन्त्रणका लागि हजारौं मानिसलाई क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ हालसम्म कोरोनाको केस नदेखिएको बताउँदै आएको छ । यदि हालका शंकास्पद व्यक्तिमा कोरोना पुष्टि भएमा उत्तर कोरियामा पहिलो केस हुनेछ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको खबर अनुसार दक्षिण कोरियाबाट गएका एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको हो । ५ दिन पहिला कासोङ शहर आइपुगेका ती कोरोनाका शंकास्पद व्यक्तिले शहरका धेरै जनासँग भेटघाट र सम्पर्क गरिसकेका थिए । अहिले सहरलाई पूर्णरुपमा सिल गरिसकिएको बताइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत