उत्तर कोरियामा पहिलाे पटक कोरोना
किमकाे आकस्मिक बैठक
प्योङयाङ । कोरोना महामारीका बेलामा पनि गुमनाम रहेको उत्तर कोरियामा कोरोना भाइरसको लक्षण भएको एक केस फेला परेको छ । उत्तर कोरियामा हालसम्म एक जनालाई पनि कोरोना पुष्टि भएको जानकारी आधिकारीक रुपमा दिएको छैन । यदी यी आशंकित व्यक्रिमा कोरोना पुष्टि भएमा उनी उत्तर कोरियाको पहिलो कोरोना संक्रमित हुनेछन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको खबर अनुसार दक्षिण कोरियाबाट गएका एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको हो ।
३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरमा रहेका उनको परीक्षणका क्रममा कोरोना भाइरसको लक्षण देखिएको महामारीविरुद्ध संस्थाका अधिकारीहरुलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।
देशभित्र कोरोना संक्रमित देखिएपछि सर्वाेच्च नेता किम जोङ उनले आकस्मिक रुपमा कोरियन वकर्स पार्टीको पोलिट ब्यूरो बैठक डाक्नुभएको छ । केसीएनएका अनुसार कोरियन वकर्स पार्टीका अध्यक्षसमेत रहनुभका किमको अगुवाइमा शनिबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसेको हो । बैठक महामारीविरुद्धको संस्थाका उच्च अधिकारीहरु, मन्त्रिमण्डका सदस्य, विभिन्न प्रान्तका प्रशासन अधिकारीहरु, पार्टीका प्रतिनिधिहरु, संस्थानका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
५ दिन पहिला कासोङ शहर आइपुगेका ती कोरोना आशंकित व्यक्तिले शहरका धेरै जनासँग भेटघाट र सम्पर्क गरिसकेका थिए । अहिले सहरलाई पूर्णरुपमा सिल गरिससिकएको बताइएको छ । उनको सम्पर्कमा आएकाको खोजी भएइसकेको र ती सबैलाई चिकित्सकको निगरानीमा क्वारेन्टिनमा राखेको महामारीविरुद्ध संस्थाका अधिकारीलाई उद्धृत गर्दै केसीएनएले खरब दिएको छ।
विश्वका सबैजसो देशमा कोरोना संक्रमण देखिँदा पनि उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको बताउँदै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत