काठमाडौंमा ३ सहित १०९ संक्रमित थपिए, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंमा २ र ललितपुरका १ सहित देशभर १०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।
यसैबीच पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार गण्डक अस्पतालमा बाराकी १७ वर्षकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । उहाँलाई श्वाश्प्रश्वासमा समस्या आउनुका साथै पखाला र शरीरमा अक्सिजनमा मात्रा कम भएको थियो ।
हालसम्म १८ हजार ४८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १३ हजार ५३ जना डिस्चार्ज भएका छन् भने ४५ जना संक्रमितको मृत्यु भएको छ । पाँचथर, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ र संखुवासभामा हाल कोरोना संक्रमित छैनन् भने रौतहट, कैलाली र बाजुरामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
तपाईँको अभिमत