कोरोनाबाट ज्यान गुमाएकी किशोरीलाई झाडापखाला पनि

वीरगन्जस्थित गण्डक अस्पताल
पर्सा । पर्साको वीरगञ्जस्थित गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा शुक्रबार मात्रै २ जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत ८५ वर्षीया वृद्धा र १९ वर्षीया किशोरीको ज्यान गएको हो ।
शुक्रबार बिहान मृत्यु भएको संक्रमित वृद्धामा मुटु रोगसमेत रहेको बताइएको थियो।
शुक्रबार साँझ बारा परवानीपुर–४ की १९ वर्षीया किशोरीको कोरोना संक्रमणका कारण नै ज्यान गएको छ । उनमा श्वास–प्रश्वासका साथै झाडापखाला पनि देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
वीरगनञ्ज हेल्थ केयर अस्पतालमा बुधबार उपचारका लागि गएकी किशोरीमा कोरोनासँग मिल्ने लक्षण देखिएको थियो । आरडीटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट देखिएपछि स्वाब संकलन गरी बिहीबार राति साढे ९ गण्डक कोभिड अस्पतालमा सारिएको थियो । शुक्रबार नै आएको युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखियो । फोक्सोमा जटिलका साथै समस्या झाडापखाला पनि देखिएकी उनको उपचारकै क्रममा शुक्रबार साँझ ५ः३० मा ज्यान गयो ।
कोरोना संक्रमण फैलिएपछि वीरगनञ्जमा आज बिहान ५ बजेबाट निषेधाज्ञा जारी गरिएको छ भने । अकस्मिक सेवाबाहेक सबै अस्पताल बन्द गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत