कोरोना फैलिएपछि वीरगञ्जमा कर्फ्यू, सबै अस्पताल बन्द
अ +
अ -
पर्सा । वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि भोलि बिहान ५ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
अर्काे सूचना नआउञ्जेलसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ भने अर्को जिल्ला र भारतबाटसमेत जिल्ला प्रवेशमा रोक लगाइएको छ ।
वीरगञ्जमा रहेका निजी तथा सरकारी अस्पतालहरुमा लगातार कोरोना संक्रमण देखिन थालेपछि आजदेखि अकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालका स्वाथ्यकर्मी र बिरामीमा समेत कोरोना संक्रमण देखिन थालेपछि नेपाल चिकित्सक संघको आग्रहमा अस्पतालहरू बन्द गरिएको हो ।
वीरगञ्जमा एक सरकारी र १२ निजी अस्पताल छन् ।
हेल्थपाटी
तपाईँको अभिमत