कोरोना संक्रमण फैलिएपछि भोलि बिहानदेखि कर्फ्यू
काठमाडौं । सप्तरी जिल्लाको राजविराजमा कोरोना संक्रमण समुदायमै फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका लागि भोलि बिहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ।
अत्यावश्यक सेवाहरूः औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात लगायतलाई भने सञ्चानलनमा रोक नलगाउने सूचनामा उल्लेख छ ।
त्यसैगरी सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन। ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा स्थलहरू अनावश्यक आवतजावत, हिँडडुल गर्न निषेध गरिएको छ । जिल्ला सुरक्षा समितिको आज दिउँसोको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत