कोरोना पुष्टि भएका थप २ जनाको मृत्यु

फाइल फोटो
काठमाडौं । नेपालमा कोरोना भाइरस रोग (कोभिड -१९) पुष्टि भएका थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली छन् भने अर्का चिनिया नागरिक रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पोखरामा कार्यरत ४९ वर्षकी चिनिया नागरिक मणिपाल अस्पताल भर्ना भएकोमा थप उपचारका लागि साउन २ गते ग्राण्डी अस्पताल ल्याइएको थियो ।
कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल ल्याइ उपचार गर्ने क्रममा आज मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै धनुषाका ६० वर्षका पुरुषको साउन ६ गते उपचारका क्रममा मृत्यु भएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ६० वर्षका वृद्धलाई खोकी लाग्ने, ज्वरो आउने र श्वाश्प्रश्वासमा समस्या आएपछि
धरानस्थित वीपी कोइराला अस्पतालमा ल्याइएको थियो र भेन्टिलेटरमा राखी सघन उपचार गर्दैगर्दा बृद्धको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत