विदेशबाट आएकाहरु अब होम क्वारेन्टिनमा बस्न पाउने
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड १९ ) प्रभावित देशबाट नेपाल आएकाहरु अब मापदण्ड पुरा गरि घरमा नै क्वारेन्टिनमा बस्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको होम क्वारेन्टिन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत भएकाले अब विदेशबाट आएकाहरु घरमा नै १४ दिन क्वारेन्टिन बस्न मिल्ने भएको छ ।
तोकिएका मापदण्ड पुरा गर्ने गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरेमा सम्बन्धित अधिकारीले स्थानीय सहमति र प्रत्यक्ष निगरानीमा रहने गरि १४ दिन क्वारेन्टिनमा बस्न अनुमती दिन सकिने होम क्वारेन्टिन मापदण्डमा उल्लेख गरिएको छ ।
यसअघि सरकारले विदेशबाट आएकाहरुलाई सरकारले नै व्यवस्था मिलाएको स्थानमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने थियो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले होम क्वारेन्टिनको व्यवस्थाले थप सहज हुने भन्दै घरमा मापदण्ड पूरा गरि सावधानी अपनाउन आग्रह गर्नुभयो । आफूले सावधानी नअपनाउँदा आफ्नै परिवार जोखिममा रहने भएकाले सबैे मापदण्ड पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
होम क्वारेन्टिनमा बस्दा निम्न मापदण्डहरु पालना गर्नुपर्नेछ ः
हेल्थपाटी
तपाईँको अभिमत