काठमाडौंकी कोरोना संक्रमित ब्यूटी पार्लर व्यवसायी टोखाकी
काठमाडौं । कोरोना भाइरस रोग(कोभिड १९) पुष्टि भएकी काठमाडौंकी ब्यूटी पार्लर व्यवसायी टोखा क्षेत्रकी महिला रहेकी छन् । समुदायमा संक्रमण फैलिएको हो या होइन भनी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानियमा गरेको परीक्षणमा टोखामा उनी सहित विदेशबाट आएका अरु २ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । २ जनाको ट्राभल हिस्ट्री रहेको भए पनि ब्यूटी पार्लर व्यवसायीको थिएन यद्यपि उनी धनगढीबाट आएको व्यक्तिको सम्पर्कमा रहेकी भन्ने खुल्न आएको छ ।
ती महिलालाई ४ दिनअगाडि मात्रै कोरोना पुष्टि भएको थियो । महाशाखा प्रमुख डा.बासुदेव पाण्डेका अनुसार महिलाले धनगढीबाट आएका व्यक्तिलाई भेटेकी थिइन् । उहाँले भन्नुभयो, सुरुको परीक्षणमा ३ जनालाई कोरोना देखियो त्यसपछि हामीले उहाँहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका करिव ५ सयजनाको परीक्षण गर्यौ तर सबैको रिपोर्ट नेगेटिभ आयाे, यसले के पुष्टि गर्छ भने काठमाडौं उपत्यकामा समुदायमा संक्रमण फैलिएको छैन ।
महाशाखाले समुदायमा ४ हजार ८ सय जनाको परीक्षण गर्दा टोखाका ३ जनालाई कोरोना पुष्टि भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत