नेपाल मेडिकल कलेजले जागिरबाट निकालेकाे नर्सलाई फिर्ता बोलायो

फाइल तस्बिर
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत नर्स तथा कर्मचारीको करारअवधि थप्ने भएको छ । कोरोना महामारीको समयमा करारमा कार्यरत नर्स तथा कर्मचारीलाई ननिकाल्ने मौखिक सहमति तोडेर साउन १ गतेबाट उनीहरुलाई जागिरबाट निकालेपछि प्रशासनमा तालाबन्दी गरिएको थियो ।
७४ स्टाफ नर्ससहित करारका अन्य कर्मचारीको करार अवधि नवीकरण नगरेपछि स्वतन्त्र कर्मचारी ट्रेड युनियनको अगुवाईमा नर्स तथा कर्मचारीहरुको आन्दोलित भएका थिए । युनियनका अध्यक्ष किरण केसीले निकालिएका नर्स तथा कर्मचारीलाई काममा फिर्ता बोलाउने सहमति भएसँगै आफूहरुको आन्दोलन हाललाई स्थगित भएको बताउनुभयो ।
उहाँका अनुसार करार अवधि थप्ने सहमति भए पनि कहिलेसम्म भन्ने एकिन नभएको र यस विषयमा थप छलफल गरि १–२ दिनमा निक्र्यौल गर्ने सहमति भएको छ ।
युनियनले महामारीका समयमा अग्रमोर्चामा खटिएका कर्मचारीमाथि अन्याय र अत्यचार भएको भन्दै यसविरुद्ध प्रशासनमा तालाबन्दी गरेका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत