रेडक्रसले दियो सेती अस्पताललाई स्वास्थ्य सामग्री
धनगढी । नेपाल रेडक्रस सोसाइटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ । कोको–कोला र नेपाल रेडक्रसको साझेदारीमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको सेवामा २४औ घण्टा परिचालित हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ बुट र कबर ५० सेट, सेनिटाइजर २५० थानर्, कोलोरिन ५ लिटरको ५० जार, साबुन १ हजार ८, एन नाइनटी फाइप मास्क १०० थान गरी १ लाख ६४ हजार बराबरको सुरक्षा सामग्री सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.हेमराज पाण्डेयलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा कैलाली रेडक्रसका सभापति उत्तम जोशी, उपकोषाध्यक्ष गोविन्दप्रसाद जोशी, सदस्य रतन कठायत, कोको–कोलाका प्रतिनिधि सुभास दाहाल, नेरेसो केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका राजु रावत, कैलाली शाखाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत