काठमाडौंमा ब्यूटी पार्लर व्यवसायीलाई कोरोना

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड - १९ ) पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको हाे ।
संक्रमितको ठेगाना मन्त्रालयले जानकारी दिएको छैन । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत