नेपाल मेडिकल कलेजले ७४ जना नर्स निकाल्याे, प्रशासनमा तालाबन्दी
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत ७४जना स्टाफ नर्सलाई जागिरबाट निकालेको छ । उनीहरु आफूलाई कोरोना महामारीको संकटको समयमा निकालेको भन्दै आन्दोलित भएका छन् ।
नेपाल मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष किरण केसीका अनुसार स्वास्थ्यकर्मीलाई कामबाट ननिकाल्ने माैखिक सहमति ताेडेर ७४ जना नर्सहरूलाई साउन १ गतेदेखि सेवाबाट अस्पतालले निकालेको हो ।
उहाँले हेल्थपाटीसँग भन्नुभयाे, “कोरोना महामारीका समयमा खटेका नर्स तथा स्वास्थ्यकर्मीलाई रोजगारीबाट निकाल्नु गलत हाे । छिटोभन्दा छिटो उहाँहरुको पुनर्बहाली गर्नुपर्छ, त्यसैले हामीले प्रशासनमा तालाबन्दी गर्न बाध्य भएका हाैँ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निकाल्नु खेदजनक छ, म हेल्थपाटी मार्फत नै उहाँहरूकाे तुरून्त पुनर्बहालीकाे माग गर्दछु, अन्यथा हामी कडा कदम उठाउन बाध्यहुने छाैं।” केसीले थप्नुभयाे ।
यस विषयमा अस्पतालकाे आधिकारिक धारणाबारे जानकारी लिन अस्पतालका निर्देशक राजेशकिशोर श्रेष्ठ र अध्यक्ष डा. भाेला रिजाललाई पटक-पटक फोन सम्पर्क गर्दा पनि उहाँहरूको फोन उठेन ।
तपाईँको अभिमत