सार्वजनिक यातायात सञ्चालनपछि राजधानीको सडक (फोटो)
काठमाडौं । तीन महिना बढीको लकडाउनपछि बिहीबारदेखि केही सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । राजधानीभित्र साझा यातायात, टेम्पो तथा केही अन्य यातायात सञ्चालनमा आएका हुन् ।
साझा यातायातले लगनखेल–नयाँ बसपार्क, गोदावरी–रत्नपार्क, लगनखेल–थानकोट लगायतका आफ्ना नियमित रुटहरूमा २६ वटा बसबाट सेवा सञ्चालन थालेको छ ।
साझाले सुरक्षा सावधानी अपनाउँदै सेवा सुरु गरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । ‘यात्रुले स्यानिटाइजर, मास्क तथा पञ्जा प्रयोग गरेको हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘चढ्दा र ओर्लिदा अनि सिटमा बस्दा दुरी कायम गर्नुपर्ने हुन्छ ।’
त्यस्तै रिङरोडभित्र केही टेम्पो पनि देखा परेका छन् । महामारी कोभिड–१९ का कारण चैत सुरुदेखि थन्किएका यातायातले उपत्यका भित्र सेवा सञ्चालनमा ल्याएका हुन् ।
कोभिड–१९ को विषम् परिस्थितिमा सञ्चालनमा आएका यातायातले ५० प्रतिशत भाडा बढी लिइरहेका छन् । मन्त्रिपरिषद्ले नै यस अवधिमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने निर्णय गरेको हो ।








हेल्थपाटी
तपाईँको अभिमत