उस्तै पूर्वाधार भएका निजी अस्पतालमा सेवा शुल्क ५०० प्रतिशतसम्म बढी

सांकेतिक फोटो
काठमाडौं । निजी अस्पतालहरुमा समान पूर्वाधार र एउटै किसिमको प्रयोगशालाबाट हुने परीक्षण शुल्क ५०० प्रतिसम्म फरक रहेको पाइएको छ । अस्पतालको मुख्य सेवाहरुको शुल्क निर्धारण गर्दा समान पूर्वाधार भएको आई.सी.यू तथा एउटै किट प्रयोग हुने प्रयोगशाला जाँचको सेवा शुल्कमा १०० देखि ५०० प्रतिशतसम्मको फरक रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयका अनुसार सरकारी अस्पतालमा १ हजारदेखि ३ हजारसम्म शुल्क रहेको आई.सी.यू सेवालाई निजीमा २५०० देखि १० हजारसम्म लिने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नत्ति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा ३० अनुसार सर्वसाधरणलाई उचित मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा गुणस्तरको आधारमा सेवा शुल्क निर्धारण समितिले शुल्क निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
तर शुल्क निर्धारण सम्बन्धमा समितिबाट अनुगमन हुन नसक्दा सर्वसाधारले चर्काे मुल्य तिरेर निजी अस्पतालबाट सेवा लिन बाध्य भएको महालेखापरीक्षकको कार्यालयको भनाइ छ । महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनअनुसार निजी स्वास्थ्य संस्था तथा अस्पतालहरुले मनोमानी रुपमा शुल्क असुल गरिरहेका छन् ।
शुल्क निर्धारणमा एकरुपता कायम नहुँदा निजी स्वास्थ्य संस्था तथा अस्पतालहरुले मनोमानी रुपमा शुल्क निर्धारण गरेको र यसबाट शुलभ स्वास्थ्य सेवा सर्वसाधरणको पहुँचभन्दा टाढा हुने स्थिति सृजना भएको उल्लेख गर्दै महापरीक्षकको कार्यालयले शुल्क निर्धारण समितिलाई नियमित अनुगमन गर्न सुझाव दिएको छ । साथै सबैका लागि स्वास्थ्य अवधारणा कार्यान्वयन गर्न शुल्क निर्धारण समितिले अस्पतालको वर्गिकरण वा स्तरबमोजिम स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्ने औल्याइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत