आमा सुरक्षाको औषधि मौज्दात शुन्य, बिरामीले समयमा सेवा पाएनन्
अ +
अ -
काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा आमा सुरक्षाका लागि चाहिने अत्यावश्यक औषधिको मौज्दात शुन्य रहँदा बिरामीले समयमा नै सेवा नपाएको देखिएको छ । महालेखापरीक्षकको सन्ताउन्नौं वार्षिक प्रतिवेदनले अस्पतालमा डोपोनाइनलगायत १७ प्रकारका औषधितथा औषधिजन्य सामग्रीको मौज्दान शुन्य रहेको विवरण सार्वजनिक गरेको छ ।
यस्तै एमिनाइड लगायत विभिन्न १० प्रकारमा औषधिको मौज्दात तोकिएको न्यूनतम मौज्दातभन्दा कम रहेको पनि महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । औषधिको मौज्दात शुन्य रहँदा बिरामीले तोकिएको समयमा सेवा नपाइरहेकाले अत्यावश्यक औषधिको न्यूनतम मौज्दात राखी सेवालाई प्रभावकारी र गुनासोरहित बनाउन सुझाव दिइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत