आजदेखि काठमाडौं उपत्यकामा साझा बस चल्ने, कुन– कुन रुट ?
काठमाडौं । सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेपछि साझाले आजदेखि बस सञ्चालन गर्दैछ । निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले काठमाडौं उपत्यकामा पहिलो चरणमा ८ रुटमा २६ वटा बस चल्ने जानकारी दिनुभयो ।
पछि यात्रुको चाप हेरेर थप बसहरु सञ्चालन गर्ने उहाँले बताउनुभयो । साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गरी बस सञ्चालन गर्ने जनाएको छ । बसमा यात्रुहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ ।
कोरोना भाइरस रोग (कोभिड–१९) लाई रोक्न चैत ११ गतेदेखि लकडाउन लगाइएको थियो । सो समययता सार्वजनिक यातायात चलेका थिएनन् तर केही दिनयता केही बस भने सञ्चालनमा आएका थिए ।
साझाका बसहरु सञ्चालन हुने रुटहरु
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक
हेल्थपाटी
तपाईँको अभिमत