छोराले ६१ वर्षीय आमा र बुवाले १० वर्षीया छोरीलाई गरे बलात्कार

प्रतिकारात्मक तस्बिर
धनगढी । बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन्।
करिब दुई वर्षदेखि बुवाले आफ्नी छोरीलाई पटकपटक बलात्कार गरिरहेको सूचनाका आधारमा बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयाे।
‘यस्तै क्रियाकलापका कारण आमा पहिले नै छाडेर गइसकेकी र बुवाले दुई वर्षदेखि छोरीलाई जबरजस्ती करणी गरिरहेको सूचनाका आधारमा म आफै गएर पक्राउ गरेको हुँ,’ उहाँले भन्नुभयाे, ‘पीडित छोरी सानै उमेरकी र उक्त घटनाका कारण उनको भविष्यमा असर पर्नसक्ने भएकाले अहिले बुवा–छोरी दुवैको नाम गोप्य राखेका छौं।
मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको उहाँले बताउनुभयाे। पक्राउ गरेको ती व्यक्तीलाई बुधवार जिल्ला ल्याइँदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयाे।
यस्तै जिल्लाकै पुर्चौडी नगरपालिका –१० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी विषादी सेवन गरेको अवस्थामा फेला गरेको प्रहरीले जनाएको छ।
आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयाे।
दिनेश खबरबाट
हेल्थपाटी
तपाईँको अभिमत