थप एक कोरोना संक्रमितको मृत्यु, संख्या ३९ पुग्यो

फाइल फोटो
काठमाडौं । थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहट पर्वा वडा नम्वर ७ का ३६ वर्षका पुरुषको उपचारका क्रममा आज दिउँसो २:३० बजे मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार ती पुरुष दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लाेर गई असार २४ गते नेपाल फर्किएका थिए ।
उनका दाजुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । पर्वा क्वारेन्टिनमा बसेका उनलाई असार २९ गते रुघाखोकी, ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि सोही दिनदेखिनै नारायणी अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो र आज बिहानदेखि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । नेपालमा कोरोना पोजेटिभ भएकाको मृत्यु भएको संख्या ३९ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत