बलिउड महानायक अमिताभ बच्चनको स्वास्थ्यलाभ कामना गर्दै फ्यानले गरे होम पूजा
मुम्बई । बलिवुड चलचित्रका महानायक अमिताभ बच्चनको स्वास्थ्यलाभ कामना गर्दै उहाँका फ्यानले विभिन्न पूजा गरेका छन् । ७५ वर्षीय बच्चनलाई कोभिड–१९ संक्रमण भएर उपचार गराइरहेको अवस्थामा उहाँका फ्यानले होम पूजा गरेका हुन् । कोभिड–१९ का लक्षणहरू देखा परेका उनलाई अहिले मुम्बईको पश्चिमी क्षेत्रमा रहेको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
करिब पाँच दशक बलिउडमा बिताइसक्नुभएका बच्चनले २ सय चलचित्रमा अभिनय गर्नुभएकाे छ । उहाँका संसारभर करोडौँ फ्यानहरू रहेका छन् । बच्चनका छोरा तथा नायक अभिशेक बच्चनलाई पनि कोभिड–१९ पोजिटिभ देखिएपछि उहाँलाई पनि सोही अस्पताल भर्ना गरिएको छ । इन्डिया डटकमका अनुसार दुबैको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ ।
त्यसैले ‘सघन उपचार’ गर्न नपर्ने अस्पतालले जनाएको छ । यसैबीच अभिशेकमा कोभिड–१९ का कुनै लक्षण देखा नपरेको बताइएको छ । यससँगै उहाँ चाँडै डिस्चार्ज हुने अस्पतालले बताएको छ । अहिले बच्चन परिवार नै कोरोना संक्रमित भएको छ । अमिताभले शनिबार आफूलाई कोभिड–१९ पुष्टि भएको ट्वीट गर्नुभएकाे थियाे । लगत्तै अभिशेकले आफ्ना पिता र आफूमा संक्रमण देखिएको र परिवारका अन्य सदस्यको परीक्षण भइरहेको ट्वीटर मार्फत नै जानकारी गराउनुभएकाे थियाे ।
आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि कोभिड–१९ पुष्टि भएको थियो । अहिले दुबै घरको आइसोलेसनमा रहेका छन् । तर श्रीमती जयाको परीक्षण नतिजा भने नेगेटिभ आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत