एन्टिबडी अति हानिकारक, कोरोना उपचारमा यसले सहयोग गर्दैन : अध्ययन
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड–१९) का गम्भीर बिरामीको रगत हानीकारक रहेको वैज्ञानिहरुले दाबी गरेका छन् । डच वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार गम्भीर संक्रमितहरुमा रोग प्रतिरोधात्मक प्रणालीले उत्पन्न गरेको एन्टीबडीले गम्भीर क्षति पुर्याइ मानिसको मृत्यु समेत गराउँदछ ।
एन्टीबडीको एउटा प्रकार इम्युनोग्लोबुलिन जी (आईजीजी) एक फोर्क–आकारको अणु हो जसले अन्य रोगको आक्रमणलाई रोक्न अनुकुल प्रतिरक्षा कोषद्वारा उत्पादित हुन्छ र यो रगतमा पाइन्छ । प्रत्येक आईजीजी विशेष प्रकारको रोग गराउने भाइरस वा ब्याक्टेरीया विरुद्द लक्षित हुन्छ ।
आईजीजीले सार्स–कोभ–२ भाइरस जसले कोभिड – १९ को संक्रमण गराउँछ भाइरस विरुद्द लडेर शरीरमा भएको प्रोटिनलाई बाँधी संक्रमण हुनबाट जोगाउँछ । कोरोना भाइरस विशेषगरि एक वा दुई हप्तामा सक्रिय भएको देखिन्छ जब संक्रमितमा संक्रमणको लक्षण देखिन थाल्छ र एक्कासी मानिस गम्भीर बिरामी हुन्छन् ।
अध्ययनको नेतृत्वकर्ता नेदरल्याण्डको एम्स्टर्डम विश्वविद्यालयका प्राध्यापक मेन्नो दि वीन्थरले आफूहरुले अध्ययनका क्रममा संक्रमित गम्भीर भइसकेपछि मात्रै किन आईजीजी देखिन्छ भन्ने सम्बन्धमा महत्वपूर्ण संकेत पत्ता लगाएको बताउनुभयो ।
भेन्टिलेटरमा मृत्युसँग जुधिरहेका संक्रमितको रगत अति हानिकारक हुने पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले त्यस्ता बिरामीको निगरानी गर्दा रोग प्रतिरोधात्मक प्रणालिमा ओभर रि–एक्सन हुने र त्यसले फोक्सोमा असर पुर्याउने देखिएको आफूहरुले पत्ता लगाएको जानकारी दिएका छन् ।
प्राध्यापक वीन्थर र उहाँकाे टिमले आइसीयूमा रहेका कोभिड –१९ का बिरामीको रगतलाई जाँच्दा रगतमा सार्स–कोभ–२ को विशिष्ट आईजीजीमा ठूलो असमानता रहेको पाइएको थियो । ती एन्टीबडीलाई स्वच्छ रगत र टिस्यूमा राख्दा यसले कुनै पनि प्रतिक्रिया नजनाएको अध्ययनमा उल्लेख गरिएको छ ।
गम्भीर किसिमका संक्रमितलाई कोरोना जितेका व्यक्तिको प्लाज्माबाट उपचार गर्न सकिने एक आशालाई डच वैज्ञानिकहरुको अध्ययनले द्विविधामा राखेको छ र प्लाज्मा प्रयोगमा सचेत तुल्याएको छ ।
साउथ चाइना मर्निङ पोष्ट
तपाईँको अभिमत