पेटको शल्यक्रिया गर्नुपर्ने ३४ दिने शिशुलाई कोरोना पुष्टि

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । कान्ति बाल अस्पतालमा शल्यक्रिया गर्न ल्याइएको ३४ दिने शिशुलाई कोरोना भाइरस रोग (कोभिड –१९ ) पुष्टि भएको छ । अभिभावकको ठेगाना सिन्धुपाल्चोक रहेको शिशुलाई आज कोरोना पुष्टि भएको अस्पताल निर्देशक डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिशु(छोरा) को पेटमा समस्या भएपछि शल्यक्रिया गर्नुपर्ने थियो । कोरोना पुष्टि भएपछि शिशुलाई उपचारका लागि युनिफाइड अस्पताल बलम्बु पठाइएको उहाँले बताउनुभयो । कान्तिमा मात्रै ५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत