विश्व स्वास्थ्य संगठनको चेतावनी- ‘कोरोना महामारीले खराब रुप लिँदै छ'
जेनेभा । कोरोनाभाइरस संक्रमणको महामारीले खराब रुप लिँदै जाने अवस्था देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। सोमबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा.अधानोम टेड्रोसले विभिन्न देशका सरकारहरूले कोरोनाको नियन्त्रणमा सही दिशा अवलम्बन गर्न नसकेको बतउनुभयो ।
कोरोना नियन्त्रण हुनेप्रति जनविश्वास कमजोर हुँदै गएको टेड्रोसकाे भनाइ छ । डब्ल्यूएचओले सुझाएका उपायहरुलाई नअपनाइएका ठाउँमा संक्रमितको संख्या बढिरहेको उहाँले बताउनुभयो ।
‘यो भाइरस आम मानिसको ठूलो शत्रु बनिरहेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन’ टेड्रोसले भन्नुभयो । सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्नेमा त्यसो नगरिएको भन्दै यसतर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
विश्वभर संक्रमितको संख्यामा निरन्तर वृद्धि भइरहेको र तत्काल विश्व सामान्य अवस्थामा फर्कने लयमा नदेखिएको टेड्रोसको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत