कोरोना संक्रमणबाट ३ हजार स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमणबाट ३ हजार भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको छ । एम्नेष्टि इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर कोरोना महामारी सुरु भएयता डाक्टर, नर्स लगायत ३ हजार बढी स्वास्थ्यकर्मीको संक्रमणबाट मृत्यु भएको छ ।
रुसमा सबैभन्दा धेरै स्वास्थ्यकर्मीको मृत्यु भएको छ जहाँ ५ सय ४५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बेलायतमा ५ सय ४०, अमेरिकामा ५ सय ७ जना स्वास्थ्यकर्मीको कोरोनाका कारण मृत्यु भएको छ । तर यो आँकडाभन्दा बढीको मृत्यु भएको इन्टरनेशनलको भनाइ छ ।
विश्वभर कोरोना महामारी बढिरहेको छ हामी आग्रह गर्दछौ कि स्वास्थ्यकर्मीहरुको स्वास्थ्यसुरक्षामा ध्यान जाओस् एमेनेष्टिका अध्ययनकर्ता तथा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सल्लाहकार शान्हीता एम्बास्तले भन्नुभयो । स्वास्थ्यकर्मीहरुले आफ्नो अधिकारका विषयमा आवाज उठाउँदा केही देशमा उनीहरुलाई सजाय दिइएको छ यो खेदजनक छ उहाँले थप्नुभयो ।
ब्राजिल जुन कोरोनाबाट दोस्रो प्रभावित देशमा पर्दछ त्यहाँ ३सय ५१ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । मेक्सिकोमा २ सय ४८ स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । इन्टरनेशनलले असुरक्षित कार्यस्थल, कम पारिश्रमिक, लामो समयसम्म काम गर्नुपर्ने तथा केही देशमा स्वास्थ्यकर्मीमाथि हुनेगरेका आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्याप्त पीपीइ उलपब्ध गराउन सरकारहरुलाई संगठनले माग गरेको छ । एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत