६ वटा निजी प्रयोगशालाले पाए पीसीआर परीक्षणको अनुमति
काठमाडौँ । सरकारले ६ वटा निजी प्रयोगशालाई पीसीआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका काठमाडौँ उपत्यकाका ४ र प्रदेश ५ का दुईवटा प्रयोगशालालाई पीसीआर परीक्षणको अनुमति दिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रवक्ता राजेश कुमार गुप्ताले दिनुभएको जानकारी अनुसार पीसीआर परीक्षणको अनुमति पाउनेमा ललितपुर सानेपास्थित स्टार अस्पतालको प्रयोगशाला, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलको प्रयोगशाला, नयाँ बानेश्वरको सेन्ट्रल डाइग्नोस्टिक ल्याब र लाजिम्पाटस्थित सूर्या हेल्थ केयर प्रयोगशाला बुटवलको नेशनल प्याथ ल्याब र नेपालगन्जको बागेश्वरी प्रयोगशाला रहेका छन्।
ती प्रयोगशाालले सरकारले संकलन गरेको स्वाबका नमुनाहरु परीक्षण गर्न पाउने र सो बापत सरकारले रु.५५०० दिने गरी परीक्षण अनुमति दिइएको प्रवक्ता गुप्ताको भनाइ छ ।
यद्यपी ललितपुरको स्टार अस्पतालले भने अस्पतालमा उपचार गर्न आएका बिरामी, विदेशी कुटनीतिक नियोगका व्यक्ति र विदेश जानेको आफैँले स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पाउने गरी अनुमति पाएको स्टार अस्पतालका प्रबन्ध निर्देशक शैल रुपाखेतीले जानकारी दिनुभएको छ ।
हालसम्म देशभर २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत