वयोधा अस्पतालकी नर्ससहित परिवारका ८ जनालाई कोरोना पुष्टि
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ८ लुभूको एकै घरका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो परिवार नर्सको रहेको खुल्न आएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत नर्समा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जना र भाडामा बस्ने दुई गरी १० जनामा सङ्क्रमण पुष्टि भएकोहो।
नर्सले आफूलाई सङ्क्रमण देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि लग्नुभएको थियो । संक्रमित आठै जनाको उपत्यकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सो फार्मेसीमा कार्यारत दुई जनामा पनि असार २१ गते परीक्षण गर्दा पनि कोरोना पुष्टि भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डेले जानकारी दिनुभयो । फार्मेसीमा कार्यरत २ जनाको यूनिफाइड कमाण्ड हस्पिटल बलम्बुमा उपचार भइरहेको छ ।
सो वडामा उनीहरु बाहेक विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिलालाई पनि कोरोना पुष्टि भएको छ । हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
आईतबार महालक्ष्मी नगरपालिका वडा ८ लुभूक्षेत्रकाे २१३ जनाकाे स्वाब संकलन गरी परीक्षणकाे लागी ल्यइएकाे र २१३ मध्ये केहि स्वाब कन्ट्र्याक ट्रेसिङकाे र केहि स्थािनिएकाे रहेकाे डा. पाण्डेले जानकारी दिनुभयो ।
तपाईँको अभिमत