५६ प्रतिशत बालबालिकालाई अभिभावकबाटै सर्याे कोरोना

प्रतिकारात्मक तस्बिर
काठमाडौं । युरोपमा ५६ प्रतिशत बालबालिकामा अभिभावकबाट कोरोना भाइरसको संक्रमण भएको एक अध्ययनले देखाएको छ । ल्यान्सेटमा जुन २५ मा प्रकाशित अध्ययनका अनुसार युरोपमा ४० प्रतिशत संक्रमण आफन्तमार्फत बालबालिकामा भएको उल्लेख गरिएको छ ।
यस्तै ४ प्रतिशत बालबालिकामा भने संक्रमणको स्रोत पत्ता नलागेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार संक्रमित बालबालिकामध्ये ८७ प्रतिशत बालबालिकालाई उपचार आवश्यक परेन भने १३ प्रतिशत बालबालिकालाई अक्सिजनको आवश्यक पर्यो ।
७७ वटा स्वास्थ्य संस्थाले युरोपका २१ देशमा ५८२ जना संक्रमित बालबालिकामा गरेको अनुसन्धनबाट यस्तो तथ्य पत्ता लागेको हो । अध्ययनमा सहभागि बालबालिकाको उमेर १८ वर्षउमेर सम्मको थियो ।
यसैबीच नेपालमा कुल संक्रमितमध्ये १६ प्रतिशत बालबालिकालाई कोरोना संक्रमण भएको छ । यो दर अन्य देशको तुलनामा धेरै हो । नेपालमा पनि अभिभावकहरुबाट नै बालबालिकामा संक्रमण भएको छ कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले भन्नुभयो, भारतबाट आमा बाबु फर्कि सुरक्षित रुपमा आइसोलेट भई नबस्दा उनीहरुका छोराछोरीमा पनि कोरोना सरेको देखिएको छ ।
उहाँले यदि आमाबुवालाई कोराना संक्रमण पुष्टि भए वा कोरोनाको लक्षण देखिएमा पनि छोराछोरीहरुबाट टाढा बस्न सुझाव दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत