रुसमा कोरोना विरुद्धको खोप परीक्षण सफल, बजारमा उपलब्ध हुँदै

प्रतिकारात्मक तस्बिर
काठमाडौं । रुसमा कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोपको क्लिनिकल परीक्षण सफल भएको छ । रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्ध मानिसमा गरिएको परीक्षण सफल भएको दाबी पनि गरेको छ ।
सेचेनोभ विश्वविद्यालयले कोरोना विरुद्धको खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको रसियन न्युज एजेन्सी (टास) ले जनाएकाे छ । भारतस्थित रसिएन राजदूतावासकाे आधिकारिक ट्विटर हेन्डलले टासकाे समाचार ट्याग गर्दै ट्विटगरेपछि भारतमा उक्त समाचार भाइरल भएकाे छ ।
क्लिनिकल अध्ययनका लागि खोप दिइएका स्वयंसेवकहरूको पहिलो समूहलाई आउँदो बुधबार र अर्को समूहलाई जुलाई २० मा डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले अब खोपको उत्पादन बढाएर मानिसमा प्रयोग गर्न सकिने जनाएको छ । झण्डै आठ महिनाअघि चीनको युहानमा देखिएको कोरोना भाइरसको विरुद्ध खोप बनाउन विश्वभर वैज्ञानिकहरु लागिपरेको भए पनि सफलता हात पर्न सकेका थिएनन् ।
सेचेनोभ विश्वविद्यालयमा इन्स्टिच्युट अफ् मेडिकल प्यारासिटोलोजी ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभका अनुसार खोप परीक्षणको उद्देश्य मानिसमा खोपको सुरक्षा थियो जुन सफलतपूर्वक सम्पन्न पनि भइसकेको छ र सुरक्षित खोपको निश्चित भइसक्यो अब खोप चाँडै नै बजारमा उपलब्ध हुनेछ ।
विश्वमा कोरोनाबाट एक करोड २८ लाख ७० हजार बढीलाई कोरोना पुष्टि भएको छ भने पाँच लाख ६८ हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ । ७५ लाखभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।
तुलसा घिमिरे
तपाईँको अभिमत